भारतमा पब्जीसहित ११८ मोबाइल एप बन्द « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतमा पब्जीसहित ११८ मोबाइल एप बन्द


प्रशासन संवाददाता

१८ भाद्र २०७७, बिहिबार


काठमाडौं । भारतमा पब्जीसहित ११८ मोबाइल एप बन्द भएका छन् । भारत सरकारले चीनमा बनेका मोबाइल एपहरु आफ्नो देशमा बन्द गरेको हो ।

भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा भएको तनाव लगत्तै भारतको सूचना प्रविधि मन्त्रालयले चीनमा बनेका एप्स भारतमा नचल्ने बनाएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोकतान्त्रिक व्यवस्थाविरुद्धको गतिविधमा लिप्त भएकाले उक्त एपहरुमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । ‘यो कदमबाट भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुने छ, यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्य अनुसार गरिएको हो’ विज्ञप्तिमा भनिएको छ ।

चीनमा बनेका एपहरुले मोबाइलका डाटाहरु चारी गरेको भारतको आरोप छ । यसअघि भारतले चीनमा विकसित ५९ मोबाइल एप बन्द गरेको थियो ।

यस्तो भारतको विज्ञप्ति :

 

Tags :
प्रतिक्रिया दिनुहोस