नेकपा सचिवालय बैठक बस्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नेकपा सचिवालय बैठक बस्दै


१८ भाद्र २०७७, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दै छ । बैठक आज(बिहीबार) ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा नेकपा कार्यदलको प्रतिवेदनमाथिको छलफल र राष्ट्रियसभाको रिक्त पदमा सिफारिस सम्बन्धी छलफलबारेको कार्यसूची रहेको नेकपा उच्च स्रोतले जानकारी दिएको छ ।

कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते सचिवालय बैठक बोलाइएको थियो । तर गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बस्नुपर्ने भएपछि बैठक १८ गते बस्ने गरी स्थगित गरिएको थियो । आजको सचिवालय बैठकले लामो समयदेखि स्थगित स्थायी कमिटी बैठक पनि बोलाउन सक्ने स्रोतको भनाइ छ ।

नेकपा भित्रको आन्तरिक विवादका कारण लामो समयदेखि स्थायी कमिटी बैठक र सचिवालय बैठक अवरुद्ध हुँदै आएको छ ।

विशेष गरी नेकपा शीर्ष नेतृत्वहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पदबाट राजीनामाको माग गरेपछि विवाद चर्किँदै गएको थियो । अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच पटक पटक भेटवार्ता हुँदा पनि सहमति जुट्न सकेको छैन । उक्त विवाद सुल्झाउन महासचिव विष्णु पौडेलको नेतृत्वमामा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले दुबै अध्यक्षलाई भदौ ६ गते प्रतिवेदन बुझाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस