थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५१ पुग्यो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५१ पुग्यो


१७ भाद्र २०७७, बुधबार


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको जानकारी दिए ।

काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस