वीर अस्पतालमा कोरोना संक्रमित युवकको मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

वीर अस्पतालमा कोरोना संक्रमित युवकको मृत्यु


१७ भाद्र २०७७, बुधबार


काठमाडौं । कोरोना संक्रमणबाट वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ ।

बुधबार बिहान उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. अच्युतले कार्की बताए । सर्लाही निवासी उनी भदौ १० गते वीर अस्पतालमा भर्ना भएका थिए ।

उपचारका लागि यहाँ ल्याइएको थियो,’ उनले भने, ‘ट्राभल हिस्ट्री भएका कारण हामीले कोरोना परीक्षण गरेका थियौं । हिजो मात्रै पोजिटिभ रिर्पोट आएको थियो । उनलाई कुनै दीर्घरोग थिएन ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस