७० करोड काण्ड : विजय मिश्रका नाममा अख्तियारको ७ दिने सूचना ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

७० करोड काण्ड : विजय मिश्रका नाममा अख्तियारको ७ दिने सूचना !


१७ भाद्र २०७७, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा मुछिएका विजय मिश्रलाई बोलाएको छ ।

आयोगले बुधवार मिश्रको नाममा सात दिने सूचना प्रकाशित गर्दै स्विस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको विषयलाई केही बुझ्नु पर्ने जनाएको छ ।

‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्विस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलामा तपाईँसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ’, जारी सूचनामा भनिएको छ, ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउन् होला, नआए कानुन बमोजिम भई जाने छ’

२०७६ साल फागुन ७ गते तत्कालीन सूचना तथा सञ्चार प्रविधि मन्त्री मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा एक एजेन्टसँग ७० करोड(कमिसन) मागेको अडियो सार्वजनिक भएको थियो । जसका कारण बास्कोटाले मन्त्री पदबाट राजीनामा दिनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस