युरिया मल दिन बंगालादेश सकारात्मक : प्रधानमन्त्री ओली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

युरिया मल दिन बंगालादेश सकारात्मक : प्रधानमन्त्री ओली


१६ भाद्र २०७७, मंगलबार


काठमाडौँ । युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक देखिएको छ । बंगलदेशका प्रधानमन्त्रीसँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।

ओलीले मंगलबार दिउँसो समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेका थिए । प्रधानमन्त्रीले ट्विटर मार्फत यसको जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्री हसिनासँग दुई देशको हितका विषयमा उपलब्धिमूलक छलफल भयो, नेपालका लागि तत्काल आवश्यक माग गरिएको युरिया मलका लागि उहाँ सकारात्मक हुनुहुन्छ,’ प्रधानमन्त्रीले ट्विटरमा भनेका छन् ।

मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन नसकेपछि तत्कालको अभाव पूर्ति गर्न सरकारले बङ्गलादेशसँग मल पैँचो मागेको थियो ।

कूटनीतिक माध्यमबाट भएको छलफलमा नेपाललाई तत्काल उपलब्ध गराउन सक्ने गरी ५० हजार मेट्रिक टन मल दिन बंगालदेश सकारात्मक भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस