कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या साढे आठ लाख नाघ्यो « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या साढे आठ लाख नाघ्यो


१६ भाद्र २०७७, मंगलबार


काठमाडौं । कोरोाना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या साढे आठ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । कूल मृतकको संख्या ८ लाख ५४ हजार ७ सय ७३ पुगेको छ ।

अमेरिकामा मात्रै १ लाख ८७ हजारले ज्यान गुमाएका छन् भने ६२ लाख ११ हजार भन्दा बढी संक्रमित भइसकेका छन् जसमध्ये ३४ लाख भन्दा बढीका निको भइसकेका छन् भने २५ लाख बढी सक्रिय संक्रमित छन् ।

भारत अहिले कोरोना संक्रमित देशहरुमा तेस्रो स्थानमा पुगेको छ । भारतमा हालसम्म ६५ हजारले ज्यान गुमाइसकेका छन् भने साढे तीन लाख भन्दा बढी संक्रमितको संख्या पुगेको छ । गत २४ घण्टामा मात्रै भारतमा ८ सय १८ जनाको मृत्यु भइसकेको छ ।

यस्तै २४ घण्टामा ब्राजिलमा ६ सय १९, अमेरिकामा ४ सय ८९, मेक्सिकोमा ३ सय ३९, कोलम्बियामा २ सय ९९, दक्षिण अफ्रिकामा १ सय २१ र रसियामा ८३ जनाको मृत्यु भएको छ। भारतमा ६८ हजार ८ सय, ब्राजिलमा ४८ हजार ६ सय, अमेरिकामा ३७ हजार ६ सय, कोलम्बियामा ७ हजार २ सय, रसियामा ५ हजार, मेक्सिकोमा ४ हजार १ सय र दक्षिण अफ्रिकामा २ हजार संक्रमित थपिएका छन्।

यस्तै नेपालमा पनि कोरोना संक्रमणको तीव्र वृद्धि भइरहेको छ । हालसम्म नेपालमा कूल संक्रमितको संख्या ३९ हजार नाघेको छ ।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख नाघेको छ । जसमध्ये १ करो ७९ लाख निको भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस