ल्हासा र हङकङको महावाणिज्यदूतमा सहसचिवद्वय ढकाल र रानामगर नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ल्हासा र हङकङको महावाणिज्यदूतमा सहसचिवद्वय ढकाल र रानामगर नियुक्त


प्रशासन विशेष ब्युरो

१४ भाद्र २०७७, आइतबार


काठमाडौँ । सरकारले हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय गरेको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाल र हङकङको महावाणिज्य दूतमा उदय बहादुर रानालाई नियुक्ति गर्ने निर्णय भएको हो।

अघिल्लो मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ढकाल र झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई परराष्ट्रमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस