सीताराम हाछेथु महानगर प्रहरी प्रमुख नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सीताराम हाछेथु महानगर प्रहरी प्रमुख नियुक्त


१४ भाद्र २०७७, आइतबार


काठमाडौं । ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुलाई नगर प्रमुखको जिम्मेवारी दिएको छ।

ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो। उनले ७२ जनाको कमाण्ड सम्हाल्ने भएका छन् ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताए। ‘उहाँको कार्य क्षमता, काम गर्ने शैलीबाट जनता प्रभावित छन’, नगर प्रमुख महर्जनले भने, ‘त्यसैले ल्याएका हौं।’

प्रमुख महर्जनले ट्राफिक प्रहरीमा उहाँको लामो अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझैं दक्ष हुने र नमूना नगर प्रहरी बनाउन हाछेथुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

हाछेथु ट्राफिक व्यवस्थापनमा अब्बल मानिएका एक पूर्वअधिकृत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस