उद्योग मन्त्रालयद्वारा प्रदेश प्रमुख सचिव तथा सचिवसँग अनलाइन बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उद्योग मन्त्रालयद्वारा प्रदेश प्रमुख सचिव तथा सचिवसँग अनलाइन बैठक


१४ भाद्र २०७७, आइतबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै प्रदेशका प्रमुख सचिव र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवहरूसँग अनलाइन बैठक सम्पन्न गरेको छ ।

आइतबार सम्पन्न बैठकमा चालु आर्थिक वर्षको प्रदेश स्तरीय उद्योग, लगानी र उद्यमशीलता प्रवर्द्धन सम्बन्धी कार्यक्रम, उद्योग प्रशासनसँग सम्बन्धी विषयहरू, औद्योगिक पूर्वाधार विकासका तीनै तहका सरकारको समन्वय, सहकार्य र एकीकृत औद्योगिक तथ्याङ्क प्रणालीको विकासका बारेमा छलफल भएको थियो ।

साथै कोभिड-१९ का का।ण औद्योगिक लगानी तथा लगानी क्षेत्रमा सिर्जित समस्या र तिनको समाधान, उद्योग तथा वाणिज्य क्षेत्रमा सुरक्षा प्रोटोकलको अनुगमन र रोजगारी गुमाएकाहरूलाई उद्यमशील बनाउन रोजगार र स्वरोजगार लक्षित कार्यक्रम सञ्चालनका सम्बन्धमा समेत बैठकमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले बताए ।

प्रवक्ता रेग्मीका अनुसार बैठकले उद्योग सचिवको संयोजकत्वमा सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिवहरू रहने समन्वय समिति गठन गर्ने, एकीकृत औद्योगिक तथ्याङ्क प्रणाली विकास गर्ने, उद्योग दर्ता नवीकरणमा लाग्ने शुल्क र अन्य सेवा शुल्क लगायत प्रक्रियागत विषयहरू सरलीकृत गर्न आ–आफ्नो प्रदेशका व्यवस्थाहरू पुनरावलोकन गर्ने, उद्योग सम्बन्धी प्रदेश कानुन तथा कार्यविधिहरू निर्माणमा तदारुकता साथ कार्य गर्न र निकट भविष्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा मुख्य मन्त्रीहरूको बिचमा बैठक गर्ने निर्णयसमेत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस