महानगरीय प्रहरी कार्यालयका थप १३ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

महानगरीय प्रहरी कार्यालयका थप १३ जनामा कोरोना संक्रमण


१४ भाद्र २०७७, आइतबार


काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थप १३ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । रानीपोखरीमा कार्यरत कुल संक्रमित प्रहरीको संख्या २८ पुगेको छ । योसँगै हाल उपत्यकामा संक्रमित प्रहरीको संख्या २७८ पुगेको छ ।

संक्रमित प्रहरी कर्मचारीलाई प्रहरी अस्पताल महाराजगञ्ज, आयुर्वेदिक अस्पताल कीर्तिपुर र सशस्त्र प्रहरी बलको एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस