धनगढी । लोकेन्द्र मोहन फाउन्डेसनले सुदूर पश्चिम प्रदेशस्थित चार जिल्लाका बाढी पहिरो पीडितलाई सहयोग गरेको छ ।
नेपाली काग्रेंस कैलालीका सभापति नरनारायण शाहले सामाजिक कामका लागि बुवा तथा बाजेको नाममा स्थापित फाउन्डेसनले एक लाख नगद सहयोग गरेका हुन् ।
उनले चार जिल्लाका बाढी पहिरो र डुबान पीडितलाई २५ हजारका दरले सहयोग गरेका छन्। फाउन्डेसनले अछाम, बझाङ, बाजुरा र भजनी(कैलाली) का बाढी, पहिरो र डुबानबाट अति प्रभावित परिवारका लागि आइतबार राहत पठाउने निर्णय गरे अनुसार सो रकम सम्बन्धित जिल्लाहरूमा पठाइएको छ ।








