थप १२ सय २१ जना कोरोना संक्रमण « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

थप १२ सय २१ जना कोरोना संक्रमण


१४ भाद्र २०७७, आइतबार


काठमाडौं । नेपालमा थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड-१९ प्रेस ब्रिफिङमापछिल्लो २४ घन्टामा १ हजार २ सय २१ संक्रमित फेला परेको जनाएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ६७ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २० हजार ८ सय २२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै काठमाडौं उपत्यकामा ४ सय २९ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ । होम आइसोलेसनमा रहनेहरुका संख्या ६ हजार ९ सय रहेको छ ।

विगत २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस