उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण


१४ भाद्र २०७७, आइतबार


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड-१९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा ४२९ जना संक्रमित फेला परेको जानकारी दिएको हो ।

प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना संक्रमित भएको जनाए । २४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस