पीसीआरको अधिकतम शुल्क अब ४ हजार ४ सय रुपैयाँ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पीसीआरको अधिकतम शुल्क अब ४ हजार ४ सय रुपैयाँ


१४ भाद्र २०७७, आइतबार


काठमाडौं । सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको शुल्क घटाउने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्तराष्ट्रिय बजारमा पिसिआर परीक्षणका लागि चाहिने किट सस्तो भएकाले शुल्क घटाइएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले अब नेपालमा ४ हजार ४ सय रुपैयाँ पिसिआर परीक्षण गर्न पाइने बताए । यसअघि पाँच हजार पाँच सय रुपैयाँ परीक्षण हुँदै आएको थियो ।

सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई परीक्षणको अनुमति दिएको छ । अब सबै अस्पतालले घटेको मूल्यमा पिसिआर परीक्षण गर्नुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस