धरानमा कोरोना संक्रमणबाट आमाछोराको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

धरानमा कोरोना संक्रमणबाट आमाछोराको मृत्यु


१४ भाद्र २०७७, आइतबार


काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।

छोराको ७ : ४५ र आमाको बिहान ८ : ३० बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । उनीहरुलाई भदौ १३ गते बेलुकी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकका अनुसार महिलालाई मधुमेह र उच्च रक्तचाप तथा छोरालाई मधुमेह र कलेजोमा समस्या थियो । दुवैलाई १० दिनदेखि खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस