कर्मचारी सरुवाले कोरोना सरेको भन्दै तत्काल रोक्न सरकारको ध्यानाकर्षण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारी सरुवाले कोरोना सरेको भन्दै तत्काल रोक्न सरकारको ध्यानाकर्षण


१३ भाद्र २०७७, शनिबार


काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता सुनिल थापाले सरकारी कर्मचारीहरूको सरुवा रोक्न माग गरेका छन् ।

कर्मचारी सरुवाको कारण धेरै ठाउँमा कोरोना रोग फैलिएको पुष्टि भइसकेको भन्दै उनले निजामती, संस्थान, प्रहरी, सेनालगायत सबै खाले सरुवा रोक्न भनेका हुन् । सरुवाका कारण कहाँ कहाँ कोरोना फैलियो भन्नेबारे भने केही उल्लेख नगरेका नेता थापाले सरकारी तथा निजी क्षेत्रका कर्मचारीको सरुवा तुरुन्तै रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्

‘अहिले कोरोनाले सबै क्षेत्रमा अप्ठ्यारो परेको महसुस सबैले गरिरहेकै छौँ’ थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन् ‘कर्मचारी सरुवाको कारण धेरै ठाउँमा कोरोना रोग फैलिएको पुष्टि भैसकेको उदाहरण प्रशस्त भेटिएका छन्,अत: यस्तो विषम परिस्थितिमा निजामती कर्मचारी, संस्थान कर्मचारी, प्रहरी, सेना लगायत सरकारी तथा निजी कर्मचारीहरूको सबै खाले सरुवा तुरुन्त रोक्न नेपाल सरकारको ध्यान आकर्षण गराउँदछु ।’

पछिल्लो पटक गरिएको सयौँ कर्मचारीको सरुवालाई कर्मचारी वृत्तबाटै आलोचना भइरहेको छ । लकडाउन पछि पनि कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले नै स्थानीय प्रशासनहरूमार्फत विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै अत्यावश्यकीय सेवाहरुमात्रै सञ्चालन गर्दै सीमित कर्मचारीद्वारा कार्यालय सञ्चालन गरिरहेको छ । तर आफ्नै निर्णयविरुद्ध विभिन्न जिल्लामा सयौँ कर्मचारीको सरुवा निर्णय गर्दा कर्मचारीको मोविलिटीबाट कोरोना सङ्क्रमणको सम्भावना उच्च रहेको उनीहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस