थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए


१३ भाद्र २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा १८६ जना संंक्रमित थपिएका छन् । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६र२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१-२१ जना, झापा र बाँकेका २०-२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९र-१९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९र९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३-३ जना, सप्तरी र कपिलवस्तुका २र२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस