वामदेव गौतम म्युजिक भिडियोमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वामदेव गौतम म्युजिक भिडियोमा


प्रशासन संवाददाता

१३ भाद्र २०७७, शनिबार


काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् ।

राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् ।

गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका छन् ।

भिडियो :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस