कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो


१२ भाद्र २०७७, शुक्रबार


काठमाडौं । कोरोना संक्रमणबाट २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । मृतकमा ४ महिला र ८ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेहरु महिलामा मोरङका ५६ वर्षीया र ६५ वर्षीया, भक्तपुरकी ६३ वर्षीया र मकवानुपरकी ७१ वर्षीया रहेका छन् ।  त्यसैगरी मृत्यु हुने पुरुषमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीया पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस