हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु


१२ भाद्र २०७७, शुक्रबार


चितवन । चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ । स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण यही भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उनीको उपचारका क्रममा आज विहान मृत्यु भएको कलेजका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङख्या छ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । जिल्ला भित्र कोरोनाका कारण तीनको मृत्यु भएको छ भने अन्य एक कैलाली र तीन मकवानपुरका रहेका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस