सिरहाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिरहाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु


१२ भाद्र २०७७, शुक्रबार


जनकपुरधाम । सिरहाका थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको सुखीपुर नगरपालिका-८ का ६५ वर्षीय पुरुषको बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो र रुघाखोकी लागेर उपचारका लागि गत भदौ ६ गते धरान पुगेका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट भदौ ८ गते पोजेटिभ आएको थियो ।

रिपोर्ट आएको तीन दिनपछि उनको बिहीबार राति ७ बजेतिर धरानमै उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । अवस्था गम्भीर भएका ती पुरुषलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस