३०८ जनाको परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण ! « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

३०८ जनाको परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण !


१२ भाद्र २०७७, शुक्रबार


वीरगन्ज । पर्सा, बारा, रौतहट र सर्लाहीमा ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण देखिएको हो ।

पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा सङ्क्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

गए राति अबेर सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ३ सय ८ जनाको स्वाबको नमुना परीक्षणबाट १७ महिला र ४० पुरुष गरी कुल ५७ जना सङ्क्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए।

उनका अनुसार पर्साका ४२, बाराका १३, रौतहटका २ र सर्लाहीका १ जना गरी कूल ५७ जना सङ्क्रमित थपिएका हुन्।

वीरगन्जस्थित दुई वटा अस्थायी कोभिड अस्पतालमा ३७ जना महिला १ सय ३१ जना कोरोना सङ्क्रमित उपचाररत छन् । कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा ६ जना महिलासहित २० जना आइसियुमा छन् । बिहीबार ६२ वर्षीय एक पुरुषलाई थप उपचारका लागि ग्रान्डी हस्पिटलमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस