कान्तिपुरका प्रकाशक सिरोहियाद्वारा प्रहरीमा उजुरी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कान्तिपुरका प्रकाशक सिरोहियाद्वारा प्रहरीमा उजुरी


११ भाद्र २०७७, बिहिबार


काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै प्रहरीमा उजुरी गरेका छन्।

बिहीबार साँझ ट्वीटमार्फत उनले आफ्नो चरित्रहत्या गर्न गलत नियतले भ्रामक कुरा फैलाइएको भन्दै त्यसविरुद्ध उजुरी दिएको जानकारी गराएका हुन्।

‘मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ। यो मेरो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णतः कपोलकल्पित र भ्रामक कुरा हो’, सिरोहियाले ट्वीटमा लेखेका छन्, ‘यस्तो दुष्प्रचार शुरु गर्ने र हल्ला फैलाउने सबैको खोजबिन गरी उनीहरुमाथि सख्त कानूनी कार्वाही गर्न प्रहरीमा उजुरी दिइएको छ।’

सोल्टी होटलसँग जोडेर के चर्चा चलाइएको हो र त्यस्तो चर्चा चलाउने को हो भन्नेबारे भने सिरोहियाले केही खुलाएका छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस