उपत्यकामा ३७७ गरी थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपत्यकामा ३७७ गरी थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण


११ भाद्र २०७७, बिहिबार


काठमाडौं । काठमाडौं उपत्यकामा ३७७ जना सहित नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंमा २७० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६६ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको मन्त्रालयले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस