बाजुरामा हुनसक्ने खाद्यान्न अभावको समाधान गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाजुरामा हुनसक्ने खाद्यान्न अभावको समाधान गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी


१० भाद्र २०७७, बुधबार


काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्काल बाजुरामा खाद्यान्न ढुवानी गर्ने भएको छ ।

साउन महिनाको वर्षाका कारण सडक पुल बगाएको कारण सडक सञ्जालबाट वञ्चित भएको बाजुरा जिल्लामा पर्न सक्ने खाद्यान्न संकटको समाधानका लागि कम्पनीले ३ वटा विकल्प अघि सारेको हो ।

कम्पनीले सदरमुकाम मार्तडीमा रहेको खाद्य मौज्दातबाट दुई सय क्विन्टल चामल कोल्टी क्षेत्रका लागि तत्काल ढुवानी गर्ने, बाजुराको मार्तडी क्षेत्र र कोल्टी क्षेत्रका लागि एक–एक हजार क्विन्टल गरी जम्मा दुई हजार क्विन्टल चामल ढुवानीका लागि तत्काल ७ दिनको सूचना प्रकाशित गरी छनौटमा परेको आपूर्तिकर्तामार्फत ट्रक र खच्चरको प्रयोग गरी खाद्यान्न ढुवानीको प्रबन्ध गर्ने र तत्काल आपत् पर्ने अवस्थामा मात्र त्यस्तो स्थान र आवश्यक मात्रा यकिन गरी हवाईजहाज वा हेलिकप्टरबाट समेत खाद्यान्न ढुवानी गर्ने योजना अघि सारेको हो ।

उत्तः खाद्यान्न व्यवस्थाका लागि बाजुराको जिल्ला खाद्य व्यवस्था समितिको बैठक २०७७ भाद्र ९ गते बसी स्थानीय दर रेट एवं खाद्यान्नको अनुमानित मात्रा सम्बन्धमा निर्णय गरी कम्पनीमा उपलब्ध गराई सकेको छ । सोही आधारमा मार्तडीमा रहेको खाद्यान्न मौज्दातमध्ये दुई सय क्विन्टल चामल बढी सङ्कट हुनसक्ने कोल्टी तर्फ तत्काल चलान गर्न र अन्य ढुवानीको प्रक्रिया अघि बढाउन कम्पनीको प्रधान कार्यालयले आज निर्णय गरेको कम्पनीका कार्यकारी निर्देशक नेत्र सुवेदीले बताए ।

जस्तोसुकै परिस्थितिमा पनि बाजुरामा भोकमरी हुन नदिने प्रतिविद्धतासमेत सुवेदीले गरे ।

स्मरणीय छ यसअघि पनि कम्पनीले बझाङ, दार्चुला र जाजरकोटमा समेत आपतकालीनरुपमा खाद्यान्न ढुवानी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस