कोरोना संक्रमित विरामीलाई १४ दिनभित्र अनिवार्य रुपमा डिस्चार्ज गर्नु : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कोरोना संक्रमित विरामीलाई १४ दिनभित्र अनिवार्य रुपमा डिस्चार्ज गर्नु : स्वास्थ्य मन्त्रालय


१० भाद्र २०७७, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ ।

यसरी टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ ।

१४ दिनमा विरामी डिस्चार्ज नगरे त्यसको खर्च सरकारले नबेहोर्ने पनि मन्त्रालयले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस