कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो


१० भाद्र २०७७, बुधबार


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । दुई महिला र ९ पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । बुधबार मृत्यु हुनेमा मोरङकी ४६ र भक्तपुरकी ५३ वर्षीया महिला र अन्य ९ पुरुष छन् ।

मृतक पुरुषमा कैलालीका ४५ र ५० वर्षीय दुई, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन, बाराका ४१ र ४६ वर्षीय दुई, बाँकेका ३७ एक, काठमाडौंका ५१ वर्षीय एक पुरुष गरेर ११ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । योसँगै कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस