पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु


१० भाद्र २०७७, बुधबार


ललितपुर । पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको छ ।

गत साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

मंगलबार राति बाँकेका एक पुरुष, नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका दुई पुरुष, धुलिखेल अस्पतालमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ दोकाचाकी महिला र सेती प्रादेशिक अस्पताल धनगढीमा एक पुरुषको बुधबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

योसँगै मंगलबार रातिदेखि बुधबार बिहानसम्म ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस