उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैङ्कको सञ्चालकमा नियुक्त, भोलि अध्यक्ष बनाइँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैङ्कको सञ्चालकमा नियुक्त, भोलि अध्यक्ष बनाइँदै


प्रशासन संवाददाता

९ भाद्र २०७७, मंगलबार


काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलका सम्धी हुन् ।

कोइरालालाई नेपाल सरकार(मन्त्री स्तर) बाट निर्णयले सोमबार बैङ्कको सञ्चालकमा नियुक्त गरिएको छ । बैङ्कका अध्यक्ष रहेका निर्मल हरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई नियुक्त गरेको हो ।

अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार बुधवार(भोलि) बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने राष्ट्रिय वाणिज्य बैङ्क स्रोतले बताएको छ ।

उपप्रधानमन्त्री पोखरेल वाणिज्य तथा आपूर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । त्यसपछि उनी उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भए । गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गरेपछि उनले राजीनामा थिए ।

त्यसको केही समयपछि मध्य पश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति भए । त्यहाँ पनि उनी विरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै पर्‍यो ।

उनको नियुक्तिबारे अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । । सत्तारुढ दल नेकपामा राजनीतिक योगदान गरेका धेरै नेता, कार्यकर्ता तथा पेसाकर्मी रहेको भए पनि जहिल्यै आफन्तै मात्र नियुक्त हुन थालेपछि सच्चा अर्थमा लागेकाहरूमा निराशा उत्पन्न गर्ने गरेको उनीहरूको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस