दुई घण्टा लामो छलफल सकियो, १३ गते सचिवालय बैठक बस्ने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

दुई घण्टा लामो छलफल सकियो, १३ गते सचिवालय बैठक बस्ने


प्रशासन संवाददाता

९ भाद्र २०७७, मंगलबार


काठमाडौँ । सत्तारुढ नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बैठक सकिएको छ ।

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बसेको करिब २ घण्टा लामो बैठक भदौ १३ गते सचिवालय बैठक बस्ने निर्णय गर्दै सकिएको सूर्य थापाले जानकारी दिएका छन् ।

पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाव दिन गठीत कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न आज दुई अध्यक्षको बैठक बसेको थियो । अब उक्त प्रतिवेदनमाथि १३ गतेको सचिवालय बैठकमा पनि छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस