बलिउड अभिनेता सुशान्तसिंहको पोस्टमार्टम रिपोर्ट शंकास्पद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बलिउड अभिनेता सुशान्तसिंहको पोस्टमार्टम रिपोर्ट शंकास्पद


प्रशासन संवाददाता

९ भाद्र २०७७, मंगलबार


काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यको घटननाको अनुसन्धान जटिल बन्दै गएको छ। उनको पोष्टमार्टम रिपोर्ट नै शंकास्पद रहेको एम्सका फरेन्सिक ल्याब प्रमुख डाक्टर सुधीर गुप्ताले बताएका छन् ।

डा.गुप्ताले पोस्टमार्टम रिपोर्टमा गडबड भएको दावी गर्दै जाँच गर्न सीबीआईलाई आग्रह गरेका छन्। उनले प्रहरी अनुसन्धानमा चुकेको भन्दै पोस्टमार्टम रिपोर्टमा सुशान्तको मृत्युको समय नै उल्लेख नगरिएको बताएका छन्।

अहिले सीबीआईको टिमले परीक्षण सुरु गरेपछि घटनासँग सम्बन्धित अनेक तथ्यहरु बाहिर आइरहेका छन्। सुशान्तको मुद्दामा सुरुमा अनुसन्धान गरेको मुम्बई पुलिसमाथि सबैले आशंका व्यक्त गरेका थिए। त्यसपछि सीबीआईले मुद्दा सम्हालेपछि सुशान्तको पोस्टमार्टम रिपोर्टमा पनि प्रश्न उठिरहेको छ ।

एम्सका डाक्टरले पोस्टमार्टम रिपोर्ट प्रश्न उठाइरहँदा सीबीआई टोलीले सोमवार दिउँसो सुशान्तको अटप्सी उपचार गर्ने डाक्टरसँग सोधपुछ गरेको थियो। अटप्सीमा पनि प्रश्न उठिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस