प्रचण्ड बालुवाटार पुगे : प्रतिवेदनमाथि छलफल हुने (प्रतिवेदनसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड बालुवाटार पुगे : प्रतिवेदनमाथि छलफल हुने (प्रतिवेदनसहित)


प्रशासन संवाददाता

९ भाद्र २०७७, मंगलबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । नेकपाको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।

सोमबार अध्यक्षद्वयबीच हुने भनिएको छलफल स्थगित भएपछि मंगलबार हुने भनिएको थियो । ओली र प्रचण्डबीचको विवाद सुल्झाउन कार्यदलले दुबै अध्यक्षलाई शनिवार अधिकार बाँडफाटसहित प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले एक साताको गृहकार्यपछि शनिवार आफ्नो प्रतिवेदन बुझाएको थियो। आज दुबै अध्यक्षबीचको छलफलपछि प्रतिवेदनलाई सचिवालय बैठकमा लगिनेछ । सचिवालयबाट पनि छलफल गरी प्रतिवेदनलाई स्थायी कमिटीमा लगिने नेताहरुको तयारी छ ।

नेकपामा विवाद चुलिएपछि स्थायी कमिटी बैठक पनि सुचारु हुन सकेको छैन। बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद झनै चर्किएको थियो।

विवाद सुल्झाउन गठित कार्यदलले ओलीले ५ वर्ष प्रधानमन्त्री र प्रचण्डले सम्पूर्ण कार्यकारी अधिकार लिएर पार्टी चलाउन सुझाव दिएको छ। पार्टीलाई एकताबद्ध बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस