कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो


८ भाद्र २०७७, सोमबार


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ५७ जना पुगेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ ।

मृत्यु हुनेमा काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८ वर्षीय, ५३ वर्षीय र ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी मोरङका ६५ वर्षीय पुरुष, सुनसरीका ६८ वर्षीय पुरुष र पर्साकी ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस