८ जना स्थानीय तहका कर्मचारीको सरुवा(पत्रसहित) « प्रशासन
prasaLogo
७ भाद्र २०७७, आईतवार

८ जना स्थानीय तहका कर्मचारीको सरुवा(पत्रसहित)


प्रकाशित मिति : 23 August, 2020 9:11 pm

समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका ८ जना स्थानीय तहका कर्मचारीको काज सरुवा गरेको छ ।

पदस्थापन तथा हाजिरीका लागि समस्या भएका पाँच जना सहायक चौथो, दुई जना अधिकृत छैटौँ, एक जना सहायक पाँचौँ स्तरका कर्मचारीलाई भदौ ३ गतेको सचिव स्तरीय निर्णय अनुसार विभिन्न प्रदेशमा सरुवा गरेको हो ।

नियुक्ति दिएको तर स्थायी दरबन्दी पूर्ति हुँदा सम्बन्धित स्थानीय तहमा हाजिर नगराइएका कर्मचारीलाई उनीहरूले पेस गरेको निवेदन, नियुक्तिको छायाप्रति, सम्बन्धित स्थानीय  तहमा पदपूर्तिको कारणसहितको सिफारिस र कर्मचारीहरूले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट ल्याएको सहमति बमोजिम कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस