उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने


७ भाद्र २०७७, आइतबार


काठमाडौं । उपत्यकाका तीन जिल्लामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण गरिएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्रीको समयसीमा निधारण गरेका हुन् ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार सूचना जारी गर्दै अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान ९:१५ बजेसम्म मात्रै गर्न पाइने निर्णय गरेका हुन् ।

औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन सकिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाल र ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सूचना जारी गर्दै बिहान सवा ९ बजेसम्म मात्रै खाद्य पदार्थलगायतका अत्यावश्यक वस्तुको सूचीमा परेका सामग्रीको खरिद बिक्री गर्न पाइने जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस