२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजारमा देखिएन निषेधाज्ञाको असर, नेप्सेमा दोहोरो अङ्कको वृद्धि

अ+ अ-

काठमाडौं । कोरोनाको संक्रमण फैलिएपछि सरकारले काठमाडौँ उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भएपनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन ।

अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै शेयर कारोबार गरेका कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.७७ बिन्दुले बढेर एक हजार ४१०.३४ मा पुगेको छ । यस्तै कारोबार पनि आज रु। एक अर्ब माथि भएको छ ।

कूल १८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता शेयर रु एक अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ ।

व्यापार २.५६, जलविद्युत् १.३८ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ । यस्तै बैंकिङ ४.८, होटल २३.९४, विकास बैंक ७।९३, वित्त ६.०३, निर्जीवन बीमा २३३.२२, उत्पादन ८८.२३, अन्य ४.१४, लघुवित्त २३.६१ र जीवन बीमा १७३.८४ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ६४ लाख तीन हजार ८१९ बराबरको कारोबार भइ शीर्ष स्थानमा रह्यो । यस्तै, शिवम् सिमेन्ट रु सात करोड १९ लाख ८७ हजार ३८१, नेपाल पुनरबीमा कम्पनी रु ६ करोड ६८ लाख ११ हजार ३३०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५ करोड ७४ लाख ५६ लाख ८५, प्रभु इन्स्योरेन्स कम्पनी रु चार करोड २४ लाख ९७ हजार ५५१ र नेपाल इन्स्योरेन्स कम्पनी रु तीन करोड ५३ लाख ३९ हजार १४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेका छन् ।

स्टकका अनुसार समृद्धि फाइनान्स ९.७७, नेको इन्स्योरेन्स ७.२४, तारागाउँ रिजेन्सी होटल ६.५०, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनीले ६.३७ प्रतिशतले कमाए । पञ्चकन्या माइ हाइड्रो पावर ३.७०, यूनियन हाइड्रोपावर ३.२८, साधना लघुवित्त २.७२, साञ्जेन जलविद्युत कम्पनी २.१९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस