रुपन्देहीमा भदौ १४ सम्म निषेधाज्ञा थपिंदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रुपन्देहीमा भदौ १४ सम्म निषेधाज्ञा थपिंदै


७ भाद्र २०७७, आइतबार


बुटवल । रुपन्देहीमा आइतबार रातिसम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थपिने भएको छ ।

जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले निधेषाज्ञा १४ गतेसम्म बढाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीसीएमसीको वैठकले निषेधाज्ञा भदौ १४ गतेसम्म थप गर्न सिफारिस गरेको र साँझसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गर्ने बताए ।

रुपन्देहीमा शुक्रबार रातिसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ६ सय १५ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस