वाग्मतीमा नुहाउनका गएका तीन बालिका बेपत्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वाग्मतीमा नुहाउनका गएका तीन बालिका बेपत्ता


७ भाद्र २०७७, आइतबार


बालक बेपत्ता

रौतहट । रौतहटको गढीमाई नगरपालिकास्थित वाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता भएका छन् ।

गढीमाई-७ धर्मपुरका १० वर्षीया पिंकुकुमारी मुखिया, १२ वर्षीया सुसिता कुमारी दास र १० वर्षीया चन्चल कुमारी मुखिया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले बताएको छ ।

डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

उनीहरुको व्यापक खोजी भएपनि अहिलेसम्म फेला परेका छैनन् । नदीमा पानीको बहाब धेरै भएकाले उनीहरुलाई बगाएको हुन सक्‍ने प्रहरीले शंका गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस