प्रहरी र सशस्त्र प्रहरीका बिदा रोक्का, आफ्नै बसमा कार्यालय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरी र सशस्त्र प्रहरीका बिदा रोक्का, आफ्नै बसमा कार्यालय


प्रशासन संवाददाता

७ भाद्र २०७७, आइतबार


काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सबै विदा रोक्का गरिएका छन् । कोरोना महामारीका कारण बिदा रोक्का गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी राजु अर्यालले जानकारी दिए ।

बिदामा छाड्दा कोरोना जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको उनले बताए । उनले भने, ‘कोरोना जोखिम बढ्दो छ । त्यसैले अहिलेलाई बिदा रोक्का गरेका हौं ।’

यस्तै प्रवक्ता अर्यालयले सशस्त्र प्रहरीको मुख्यालयमा आउने प्रहरी कर्मचारीलाई संगठनकै बसमा ल्याउने लैजाने गरिएको बताएका छन् ।

त्यस्तै प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले अत्यावश्यक बाहेक अन्य बिदामा रोक लगाइएको बताएका छन् । उनले मृत्यु संस्कार, सुत्केरी, बिरामीलगायतलाई बिदा दिइएको तर अन्य बिदा भने हाललाई रोक्का गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस