हृदयघात ! « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

हृदयघात !


६ भाद्र २०७७, शनिबार


बढ्दै छ धड्कन चढ्दै छ दुखाई ऐया नी के भयो
हात पनि सुक्यो आत पनि काम्यो के भाछ यो ज्यानमा

एक्कासि आयो पसिना बग्यो मर्छु कि हरे म
सारै नै चाप्यो के गरौँ छोरा सकिन सास फेर्न

कस्यो नि छाती सर्‍यो नि माथि, काँध, हात र बङ्गारा
लैजान्छु भन्छ हस्पिटल छोरा, मर्छु नि यै घर

बढ्दो त्यो सुगर, च्यापिरहने प्रेसर, आकसिदो कोलेस्ट्रोल
सकेन धान्न पाएन छान्न भयो नि रक्त नली फेल

चिन्ता र चुरोट कति सक्थ्यो खप्न आयो नि आज दिन
टाढाको बाटो आयु छ छोटो कसरी भनूँ हीन

राम्ररी बसे ए छोरा बुहारी, नाति र नातिनी
गल्दै छ मुटु घट्दै छ नाडी, हुदैछ मसिना

सकिन तिर्न साहुको त्रृण थुपारी जाँदै छु
पढाए तिमिलाई हुर्काए छोरा गर्नु है प्रगति

पढ्नु है नाति बन्नु है डाक्टर गर्नु है उपकार
नबिर्से मलाई नरोए सम्झी गरे है सत्कार

कसरत र व्यायाम गर्नु है योगा, हटाउन घातक रोग
त्याग्नु है चुरोट, खानु है राम्रो त्यागेर चिन्ता र शोक

Tags :
प्रतिक्रिया दिनुहोस