स्थानीयले दिएको निःशुल्क जग्गामा गाउँपालिकाको प्रशासकीय भवन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीयले दिएको निःशुल्क जग्गामा गाउँपालिकाको प्रशासकीय भवन


६ भाद्र २०७७, शनिबार


स्याङ्जा । स्याङ्जा कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नं. ४ स्थित गहलाममा स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएसँगै भवन निर्माण शुक्रबार शुरु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए।

रु. सात करोड ७० लाख ९७ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी श्याम सुन्दर निर्माण सेवा कम्पनी बानेश्वर काठमाडौंसँग ठेक्का सम्झौता भएको अध्यक्ष थापाले बताए । ‘भवन निर्माण पहिले नै शुरु गर्ने तयारीमा थियौं तर कोभिड १९ को बन्दाबन्दीका कारण थालनी गर्न सकेनौं’, अध्यक्ष थापाले भने ।

भवन २०७८ असोज महीनासम्ममा निर्माण सम्पन्न भईसक्ने अध्यक्ष थापाले बताए। साविकको विर्घा गाविस कार्यालयबाट सेवा प्रवाह गर्दै आएपनि अहिले सेवा प्रवाहमा समस्या भएका कारण भवन निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भएसँगै विषयगत शाखाहरु पनि थप भएकाले साविकको गाविसको भवनले मात्रै अपुग भएकाले भवन निर्माण थालिएको बताइएको छ ।

गहलामका १५ जना जग्गाधनीले गाउँपालिकाको भवन निर्माणका लागि ३१ रोपनी जग्गा निःशुल्क गाउँपालिका कार्यालयको नाममा पास गरीदिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस