गाउँपालिका अध्यक्षमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाउँपालिका अध्यक्षमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप


५ भाद्र २०७७, शुक्रबार


रामेछाप । उपभोक्ता समितिका अध्यक्षलाई बन्धक बनाई जबर्जस्ती खाली चेकमा हस्ताक्षर गराउन खोजेको आरोपमा पक्राउ परेका लिखुतामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई अनुसन्धानका लागि जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यसअघि उहाँलाई अदालतले सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

गाउँपालिकाको धोबी बजारमा नाला निर्माण तथा ग्राभेल गर्न बनेको उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई गाउँपालिकाको कोठामा थुनेर अध्यक्षले खाली चेकमा दस्तखत गराउने प्रयास गरेको अभियोग लगाइएको छ ।

त्यहाँबाट उम्किएका भनिएका घिसिङले प्रहरीमा जाहेरी दिनुभएको थियो । सो घटनामा संलग्न भएको आरोपमा अध्यक्षसँगै गिरफ्तारीमा परेका लालबहादुर तामाङलाई पनि आज १० दिनकै म्याद थपिएको छ ।

दुवै जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस