गुणस्तर कार्यालय प्रमुखलाई कोरोना पुष्टि, खाद्य व्यवस्था र आयल निगमका कर्मचारीमा पनि सङ्क्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गुणस्तर कार्यालय प्रमुखलाई कोरोना पुष्टि, खाद्य व्यवस्था र आयल निगमका कर्मचारीमा पनि सङ्क्रमण


५ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागका एक अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विभाग अन्तर्गत एक शाखा कार्यालयका प्रमुखमा कोरोना सङ्क्रमण पुष्टि भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ । उनको ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

शाखा प्रमुखको सम्पर्कमा आएका सबै व्यक्तिहरू होम क्वारेन्टिनमा बसेको पनि ती स्रोतले बताए ।

मन्त्रालय अन्तर्गत रहेको औद्योगिक क्षेत्र विकास लिमिटेडअन्तर्गत बालाजुस्थित केही उद्योगका कामदारहरूमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसैगरी आयल निगमको डिपो र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीहरूमा पनि कोरोना देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

केही दिनअघि मात्रै उद्योग, वाणिज्य तथा आपूति राज्यमन्त्रीका पीएसओलाई कोरोना पुष्टि भएसँगै राज्यमन्त्रीसहित सिङ्गै सचिवालय टोली होम क्वारेन्टिनमा बसेको थियो ।

सम्बन्धित समाचार : पीएसओमा कोरोना देखिएपछि उद्योग राज्यमन्त्रीसहित सिङ्गै सचिवालय टोली होम क्वारेन्टिनमा

आज मात्रै नेपालमा थप आठ सय ३८ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र उपत्यकामा मात्रै एक सय ८२ जनामा कोरोना सक्रमण भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस