२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७७ जिल्लामै पीसीआर परीक्षणको व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

अ+ अ-

काठमाडौँ । संसद्को कानुन न्याय तथा मानव अधिकार समितिले प्रत्येक जिल्ला सदरमुकाममा कोरोना सङ्क्रमण परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबारबसेको समितिको बैठकले तत्काल ७७ वटै जिल्लाका सदरमुकामबाट पीसीआर परीक्षण हुने प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले कोरोना संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पतालको संख्या तत्काल वृद्धि गर्न पनि निर्देशन दिँदै कोभिड बाहेकका बिरामीको उपचार र कोभिड संक्रमितको उपचार एउटै अस्पतालबाट गर्नुपर्ने अवस्थामा पूर्ण सावधानी र उचित सतर्कता अपनाउनसमेत समितिले निर्देशन दिएको छ ।

समितिले कोरोनाको उपचारका लागि निजी अस्पताल र मेडिकल कलेजलाई पनि प्रयोग गर्न निर्देशन दिएको छ ।

निजी अस्पताल प्रयोग गर्नका लागि राज्यको तर्फबाट आवश्यक साधन स्रोत सहयोग गरी आम नागरिकको उपचारमा सरल र सहज पहुँच हुने अवस्था सुनिश्चित गराउन भनिएको छ ।

कानुन समितिले कोरोना बाहेकका बिरामीले पनि सहज रूपमा उपचारको व्यवस्था मिलाउन सरकारले ध्यान दिनुपर्ने बताएको छ ।

समितिले तत्काल १० हजार भेन्टिलेटर र आइसियुको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । ‘कोभिड–१९ बाट सङ्क्रमित सक्रिय बिरामीको सङ्ख्या व्यापक रूपमा बढिरहेको हुँदा तत्काल १० हजार सङ्ख्यामा भेन्टिलेटर र आइसियुको व्यवस्था गर्ने’ बैठकपछि समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।

यस्ता उपकरणहरूको वितरण सङ्क्रमितको सङ्ख्याको आधारमा सातै प्रदेशमा समानुपातिक रूपमा वितरण गर्न पनि समितिले भनेको छ । भेन्टिलेटर र आइसियुको सञ्चालन गर्ने दक्ष जनशक्ति आवश्यकताको आधारमा नियुक्त गर्न कानुन न्याय तथा मानव अधिकार समितिले सरकारको ध्यानाकर्षण गरेको छ ।

यसै गरी, समितिले अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको सुरक्षाको सुनिश्चितता गरी मनोबल बढाउन बिमा, प्रोत्साहन, उपचारलगायतको प्रभावकारी व्यवस्था मिलाउन निर्देशन पनि दिएको छ ।