नेकपा विवाद सुल्झ्याउन बालुवाटारमा कार्यदलको बैठक जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा विवाद सुल्झ्याउन बालुवाटारमा कार्यदलको बैठक जारी


५ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को विवाद सुल्झाउन गठित कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेको छ। शुक्रवार बेलुकी ४ बजेपछि बालुवाटारमा कार्यदलको बैठक बसिहरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । हिजो पनि बालुवाटारमा कार्यदलको बैठक बसेको थियो।

गत शुक्रवार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा, भीम रावल, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेको कार्यदललाई सोमबारको सचिवालय बैठकले अनुमोदन गरेको थियो।

कार्यदलले आइतबारसम्म विवाद समाधान सहितको प्रतिवदेन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी गरेको छ।

कार्यदलले मन्त्रिपरिपद् पुनर्गठन, प्रदेशमा मुख्यमन्त्री हेरफेर, राजनीतिक नियुक्ती, दुई अध्यक्षको कार्यविभाजनको खाकासहितको मस्यौदा बुझाउने तयारी गरिरहेको छ।

यसैबीच कार्यदलले काम गरिरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट राजनीतिक नियुक्ति गरेको भन्दै प्रचण्डले ओलीलाई भेटेर असन्तुष्टी जनाएका थिए।ओलीले नियुक्ती गरेकाले कार्यलदलको काम समेत प्रभावित भएको नेताहरु बताउदै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस