कालिकोटमा आज रातिदेखि निषेधाज्ञा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कालिकोटमा आज रातिदेखि निषेधाज्ञा


५ भाद्र २०७७, शुक्रबार


सुर्खेत । कालिकोटमा पनि आज (शुक्रवार) रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र कालिकोटको शुक्रवार बसेको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय कालिकोटले शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चाडपर्वका बेला हुने भिडभाडका कारण कोरोनाको सङ्क्रमण फैलिने जोखिम भएकोले पनि निषेधाज्ञा जारी गरिएको हो । पछिल्लो तथ्यांकअनुशार कालिकोटमा प्रहरी, कर्मचारी र समुदायका नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवाहरू बन्द रहने बताइएको छ । कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गर्दै अन्यत्रबाट कालिकोट जिल्ला प्रवेशमा समेत रोक लगाइएको छ । कर्णालीका दश जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरसहित जुम्ला, हुम्ला, दैलेख र मुगुमा पनि निषेधाज्ञा जारी छ ।

जुम्लामा अनिश्चित कालीन, मुगु र हुम्लामा भदौ १५ गतेसम्म, वीरेन्द्रनगरमा ९ गतेसम्म र दैलेखमा ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस