उपत्यकामा कार्यरत ३६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपत्यकामा कार्यरत ३६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण


५ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

भक्तपुरको दुवाकोटस्थित नम्बर – ११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर १८- निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता राजु अर्यालले बताए । प्रवक्ता अर्यालका अनुसार उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस