कोरोनाबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३७ पुग्यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३७ पुग्यो


५ भाद्र २०७७, शुक्रबार


काठमाडौं । कोरोना संक्रमणबाट २४ घन्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् ।

मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १/१ जना पुरुष रहेका छन् भने दोलखाकी एक महिला रहेकी छिन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस