होम आइसोलेसनमा बसेका विराटनगरका एक सङ्क्रमितको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

होम आइसोलेसनमा बसेका विराटनगरका एक सङ्क्रमितको मृत्यु


५ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । होम आइसोलेसनमा बसेका विराटनगर–६ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ।

उनको बिहीबार राति ८ बजे मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिए। मृतक पुरुषमा गत बुधवार सङ्क्रमण पुष्टि भएको थियो।

लामो समयदेखि मधुमेहका बिरामी समेत रहेका उनलाई ज्वरो र खोकी देखिएपछि पिसिआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेका थिए।

हिजो एक्कासि छाती दुख्ने र सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल लगिएको र अस्पताल लाने क्रममा उनको बाटोमै मृत्यु भएको वडाध्यक्ष कामतले जानकारी दिए।

मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस